भन्सारको तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम

Byखवरबाटिका

१५ भाद्र २०८१, शनिबार २३:२५ १५ भाद्र २०८१, शनिबार २३:२५ १५ भाद्र २०८१, शनिबार २३:२५

भानु । तनहुँको भानु १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम भएको छ ।

प्रथम बने सँगै दिदीबहिनीले ३५ हजार र प्रमाण–पत्र प्राप्त गरेको छ ।

भानु नगर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवशरमा शनिबारका दिन भानु १ भन्सारको ग्रीनपार्कमा प्रथम खुल्ला तीज गीत प्रतियोगितामा गरमबास मोई समूह दमौली द्धितिय बनेको छ ।

भानु हरियाली कृषक समूह र पूर्कोट ल्याण्ड स्टार बोर्डिङ स्कूल बाईसजाँगर तेस्रो भएका छन् ।

जनजागृति तालदेवी महिला समूह र पूर्कोट युनेस्को क्लबले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्धितिय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतिय हुने २ समूहले १०÷ १० हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५ ÷ ५ हजार र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट नृत्य तर्फ चण्डेश्वरी आमा समूह भानु ४ तिलाहारकी सोनिका रानाभाटले ५ हजार प्रमाण–पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले प्रतियोगिताको समुद्घाटन गर्दै देशको कला, सँस्कार सँस्कृति जगेर्ना गर्न नेपाली पर्वहरु कोशेढुँगा भएको भन्दै पर्वले महिलाहरुमा नेतृत्व बिकास, आय आर्जन र सामूहिक सहकार्यमा सघाउ पुग्नेछ भन्ने विश्वास व्यक्त गरे ।

उपप्रमुख उमा गोतामेले गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै विशेष गरी महिलाहरुको पर्व हरितालिका तीजले महिलाहरुमा एकता, सिर्जनशिलता र उर्जा प्रदान गर्ने भन्दै पालिकाले महिलाहरुको आय आर्जनमा टेवा पु¥याउन विभिन्न कार्यक्रमहरुमा जोड दिएको बताईन ।

प्रतियोगितामा २८ वटा समूहले नाम दर्ता गरेका संरक्षक भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

कर्यक्रममा वडा नं १ की अध्यक्ष कान्छीमायाँ तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवं काँग्रेस तनहुँका उपसभापति देवकुमार पिया, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेशका पूर्व सदस्य मंगल प्रसाल श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ तनहुँका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रिलायबल नेपाल लाईफ ईन्सुरेन्स् शाखा कार्यालय दमौलीका शाखा प्रमुख जगदिश काफ्ले लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

तीजको पूर्वसन्ध्यामा भएको प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाबाट सहभागिता जनाएका थिए भने प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा लोक दोहोरी प्रतिष्ठान तनहुँका पूर्व अध्यक्ष मेघनाथ रिमाल, सदस्यहरुमा साबित्रा हड्खले र अनुराग थापा मगर रहेको भानु नगर उद्योग वाणिज्यका द्दितिय उपाध्यक्ष लाल कुमार श्रेष्ठले जानकारी दिए ।

महिला उद्यमी उप–सभापति ममिना मियाले स्वागत मन्तब्य राखेकी थिइन भने भानु नगर उद्योग वाणिज्य संघका महासचिव कृष्णचन्द्र कोईराला र महिला उद्यमी सचिव लक्ष्मी चिलुवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *