साहित्यकार सागर उदासको नयाँ गीत ‘सिन्दुरको मूल्य’ सार्वजनिक (भिडिओ सहित)

Byखवरबाटिका

१९ भाद्र २०८१, बुधबार १०:३० १९ भाद्र २०८१, बुधबार १०:३० १९ भाद्र २०८१, बुधबार १०:३०

दमौली । तनहुँको दमौलीका साहित्यकार सागर उदासको नयाँ गीत सार्वजनिक भएको छ ।

‘सिन्दुरको मूल्य’ बोलको गीतको म्यूजिक भिडिओ समेत सार्वजनिक भएको छ ।

गायक शिशिर योगीको स्वर रहेको उक्त गीतमा सागर उदासको शब्द तथा हरि लम्सालको संगीत रहेको छ ।

तनहुँका विभिन्न स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडिओको निर्देशन सागर गिरी र छायांकन सुसान पन्थले गरेका हुन् ।

म्युजिक भिडिओमा सुदिप पौडेल, महेश वाग्ले र प्रिया सिमल थापाको अभिनय रहेको छ ।

म्युजिक भिडिओका मोडल महेश वाग्लेको युट्युब च्यानल मार्फत रिलिज भएको यस गीतलाई दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको गीतकार तथा प्रस्तुतकर्ता सागर उदासले बताए ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *