तनहुँको घाँसिकुवामा फेरी पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

Byखवरबाटिका

२१ भाद्र २०८१, शुक्रबार ०७:०४ २१ भाद्र २०८१, शुक्रबार ०७:०४ २१ भाद्र २०८१, शुक्रबार ०७:०४

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसिकुवामा पहिरो खसेको छ । गत भदौ ५ गते भीषण पहिरो गएको स्थानमा नै शुक्रबार बिहान पहिरो गएको छ ।

दमौली-डुम्रे सडकखण्डमा लगातार परिरहेको अविरल वर्षाको कारण घाँसिकुवामा पुन: पहिरो गएको छ । सो पहिरोको कारण अहिले पृथ्वी राजमार्ग अवरुद्ध रहेको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण शुक्रबार बिहान ४ बजे खसेको पहिराले उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।

साथै बैकल्पिक सडकमा समेत लगातार परिरहेको वर्षाकै कारण खोलाले पुल नाघेको हुँदा सो बाटो पनि अहिले अवरुद्ध रहेको छ ।

जे.सि.भि मार्फत पहिरो हटाउने काम अबको केहिबेरमा हुने जनाईएको छ । झरिमा सडक अबरुद्ध हुँदा यात्रुहरू अलपत्रमा परेका छन ।

तस्विर : भन्सार बजार

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *