भानु नगरपालिकाले मनायो १०औं स्थापना दिवस

Byखवरबाटिका

१६ आश्विन २०८१, बुधबार ०६:५७ १६ आश्विन २०८१, बुधबार ०६:५७ १६ आश्विन २०८१, बुधबार ०६:५७

भानु । तनहुँको भानु नगरपालिकाले मंगलबार १०औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा स्थापना दिवश मनाएको हो ।

भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले देशमा संघीय संरचना र गणतन्त्रको प्राप्ती भएता पनि संघीय सरकारले स्थानीय सरकारलाई अधिकार दिन कञ्जुस्यार्ङ गरेको उल्लेख गर्दै बजेटको ठूलो हिस्सा संघ सरकारमै निहित राखी स्थानीय सरकारको मर्म बुझ्न नसकेको गुनासो गरे ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईराला, राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, निवर्तमान उप प्रमुख आशा थापा, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, नेपाली काँग्रेस भानुका नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विष्णु पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहरा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले स्वागत गर्नु भएको कार्यक्रममा भानु नगरपालिका निवासी ख्याती प्राप्त २ जना खेलाडीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा १९ औं एसियाली कबड्डी खेलकूद प्रतियोगितामा कास्य पदक विजेता मानमती बिस्ट र ७औं एसिया कप खुल्ला अन्तराष्ट्रिय तक्वान्दो प्रतियोगिताको ४१ केजी तौल समूहमा उत्कृष्ट फाईटर बन्न सफल रितिका दर्नाल रहेका नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

यसैबीच तनहुँको भानु नगरपालिकाको स्थापना दिवशको पूर्व सन्ध्यामा विविध कार्यक्रम संचालन गरिएको थियो । आईतबार भानु नगरपालिकाको सेवा केन्द्र भानु १ भन्सारमा वृक्षारोपण गरिएको छ । सो अवसरमा रुद्राक्षका करिब २ सय विरुवा रोपिएको छ भने सरसफाई कार्यक्रम, सडक सौन्दर्य कार्यक्रम अन्तरगत सडक छेउमा गमला राख्ने कार्य गरिएको अवसरमप्रमुख उमा गोतामेले जानकारी दिईन ।

त्यसैगरी सोमबार रक्तदान कार्यक्रम गरिएको छ । भानु नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी भानुभक्त उप शाखा भानुको संयोजनका रक्तदान कार्यक्रम गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमले नगर प्रमुख आनन्दराज त्रिपाठीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त अवशरमा २० जनाले रक्तदान गरेको भएको नगर प्रमुखका स्वकीय सचिव अमित लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box