तनहुँसहित १७ जिल्लामा सीडीओ फेरिए (सूची सहित)

Byखवरबाटिका

९ कार्तिक २०८१, शुक्रबार २२:४७ ९ कार्तिक २०८१, शुक्रबार २२:४७ ९ कार्तिक २०८१, शुक्रबार २२:४७

तनहुँ । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।

एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरुवा गरिएको छ । तनहुँमा श्याम कृष्ण सीडीओ बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।

दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

भक्तपुर र ललितपुरमा पनि सीडीओ फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् ।

भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ ।

हेर्नुस्, सूची कसको कहाँ भयो सरुवा :

Screenshot

Leave a Reply

Your email address will not be published. Required fields are marked *