दमौली । तनहुँमा डेंगु संक्रमण दिन दिनै बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कार्तिक १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ४ हजार ७७० पुगेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले दैनिक डेंगु संक्रमण बढिरहेको बताए । यो संख्या अझै कम्तीमा एक महिनासम्म बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
कार्तिक १३ गतेसम्मको तथ्यांक अनुसार तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा १ हजार ७७४ जनामा डेंगु संक्रमण रहेको छ । व्यासमा डेंगु क्रमशः बढ्दै गएको तथ्यांकले देखाएको छ । व्यासमा डेंगु संक्रमणको दर निकै बढ्न थालेको छ ।
यस्तै अर्को ठुलो संख्या आबुँखैरेनी गाउँपालिकामा देखिव्को छ । आँबुखैरेनी गाउँपालिका १ हजार ६९४ जनामा डेंगु संक्रमण देखिएको छ । यो संख्या यसअघिको भन्दा कम हो । आँबुखैरेनीमा क्रमश: डेंगु न्यूनीकरण हुँदै गईरहेको छ ।
यसैगरि शुक्लागण्डकी नगरपालिकामा ८२०, बन्दीपुर गाउँपालिकामा १८६ र देवघाट गाउँपालिका ८० जनामा डेंगु संक्रमण भएको छ । यस्तै भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५ तथा ऋषिङ गाउँपालिकामा ४ र घिरिङ गाउँपालिकामा ६ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । साथै अन्य ३० जनारहेको कार्यालयले जनाएको छ ।
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ ।
निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।
अझै एक महिना डेंगुको जोखिम
यसवर्ष हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर २२ हजार भन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षापछिको तापक्रम लामखुट्टेका लागि अनुकुल हुने र दशैंको बढ्दो आवतजावतले संक्रमण फैलिन सघाएको छ ।
चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।
विशेषज्ञले ७५ प्रतिशत संक्रमितमा लक्षण नदेखिन सक्ने र धेरैले घरैमा उपचार गर्ने गरेकाले वास्तविक संक्रमित संख्या अझै बढी हुनसक्ने चेतावनी दिएका छन् ।
‘गम्भीर लक्षण देखिएका बिरामी मात्र अस्पताल आउने गरेका छन्’, डा. पुनले भन्छन्, ‘नाक वा गिजाबाट रगत आउने जस्तो परिस्थिति बने मात्र मानिसहरू अस्पताल आएको देखिन्छ ।’
उनका अनुसार सहन गर्न सक्ने पीडा हुँदासम्म पनि मानिसहरू घरमै बस्ने गर्छन् ।
इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार केही साता जोखिमयुक्त नै हुन्छ । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ ।
संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।
‘पानी पर्न रोकिँदा अबको केही साता जोखिम नै रहन्छ । विगतका वर्षमा कात्तिकसम्म नै जोखिम कायम नै थियो’, दाहालले भने, ‘अहिलेको अवस्था हेर्दा कात्तिक महिना पूरै जोखिमयुक्त हुने ठानेका छौं ।’
उनका अनुसार अघिल्लो वर्षको भन्दा कम संक्रमित हुने आंकलन गरिएको छ ।
चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।
सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।
डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित बेहोस पनि हुने सम्भावना हुने भएकाले यो समयमा बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।
डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने नहुने डा. पुन बताउँछन् । उनका अनुसार चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।
डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको खोज तथा नष्ट अभियान नै हो । तर, त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।
यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जनस्वास्थ्यविद्को बुझाइ छ ।