बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित

Byखवरबाटिका

१४ कार्तिक २०८१, बुधबार २०:४६ १४ कार्तिक २०८१, बुधबार २०:४६ १४ कार्तिक २०८१, बुधबार २०:४६

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो ।

त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।

तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जितेको हो।

नेपालले भने छैटौं पटक उपविजेतामा सिमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *