भानु । नेपाली सेनाको रुरु भैरव दल गणबाट १ सय ४ जना दिक्षित भएका छन् ।
९ महिने प्राप्त गरिसकेपछि भानु १ हात्तीचारमा रहेको रुरु भैरव दल गणमा सैन्यबाट सिपाहीमा प्रवेश गरेका हुन् ।
बुधबार एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वाटरका महासेनानी सरोज कुमार अधिकारीले दिक्षित बनेका सिपाहीहरुलाई शुशोभित एवं सपथ ग्रहण गराए ।
सम्बोधनका क्रममा महासेनानी अधिकारीले नेपाली सेनाले “माटोले माग्दैन, आफैंले दिनु पर्छ ” भन्ने उद्घोषका साथ पेशा प्रति वफादार , अनुशाशित, कर्तब्यनिष्ठ बन्नु पर्ने भन्दै आफ्नो क्षमता , कार्यकौशलता देखाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, उप–प्रमुख उमा गोतामे, भानु नगरपालिकाका र बन्दिपुर गाउँपालिकाका वडाअध्यक्षहरु, पदिक तथा सकल दर्जा, र दिक्षित भएका परिवारका सदस्यहरुको सहभागिता रहेको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।