ऋषिङको श्रृङ्ग माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा शुक्ला मावि प्रथम

Byखवरबाटिका

१९ मंसिर २०८१, बुधबार २०:११ १९ मंसिर २०८१, बुधबार २०:११ १९ मंसिर २०८१, बुधबार २०:११

विवेक श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ-६ गोठादि स्थित श्रृङ्ग माध्यमिक विद्यालयको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा शुक्ला मावि प्रथम भएको छ ।

लेप्टेन परिवार डुकुडाँडाको प्रायोजनमा १४औं दिर्ग-लोक स्मृतिको अवसरमा आधारभूत कक्षा (६-८) को खुल्ला अन्तर विद्यालय रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगितामा अमर आधारभूत विद्यालय द्वितीय र शिव सरस्वती मावि तृतीय भएका छन्।

त्यस्तैगरी प्राथमिक तह (१-५) मा बाल शिक्षा निकेतन मावि प्रथम, धर्म आधारभूत विद्यालय द्वितीय र शिव सरस्वती मावि तृतीय भएका छन।

कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको संयोजक क्या. एक बहादुर आले रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *