दमौली । नेकपा (माओवादी केन्द्र) ऋषिङ गाउँ समितिको दोश्रो अधिवेशन तथा खबरदारी सभा सोमबार सम्पन्न भएको छ ।
सो अधिवेशनबाट डम्बर विकको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
त्यस्तै उपाध्यक्षमा मधु प्रसाद थापा, बसन्त सदाशंकर र नर बहादुर सारु निर्वाचित भएका छन ।
त्यस्तै सचिवमा कुश बहादुर थापा, सहसचिवमा छबिलाल आले, कोषाध्यक्षमा नानी मायाँ पुलामी निर्वाचित भएका छन ।
सचिवालय सदस्यहरुमा दान बहादुर आले, झमान सिं नेपाली, लोक बहादुर बि.क. र सुक मायाँ आले चयन भएका छन ।
कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्व अर्थमन्त्री वर्षमान पुन रहेका थिए ।