दमौली । जेसीआइ व्यासनगरको अध्यक्षमा सुमित ढुंगाना सर्वसम्मत चयन भएका छन ।
आइतबार दमौलीमा भएको संस्थाको ३१औं वार्षिक साधारण सभा तथा ३०औं शाखा अधिवेशनबाट ढुङ्गाना अध्यक्षमा चयन भएका हुन ।
उनि सन् २०२५ को लागी संस्थाको अध्यक्षमा चयन भएका हुन ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सनम अधिकारी र सुरज गुप्ता चयन भएका छन ।
जेसीआइ व्यासनगरको उपाध्यक्षमा अंकित गुरुङ, यम कुमार बतास, अनुप राना, विरोध श्रेष्ठ चयन भएका छन ।
यस्तै महासचिवमा रवि भुजेल, कोषाध्यक्षमा डिक्सन मल्ल, सचिवमा बिनोद कुमार गोशली र कानुनि सल्लाहकारमा गोपाल थापा चयन भएका छन ।