देवघाट । तनहुँको देवघाट गाउँपालिकाले सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरू गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्राप्त भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।
पहिलो दिन सोमबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले राष्ट्रिय परिचयपत्र वितरण गरि सुरू गरेका हुन् ।
पहिलो दिन २० जनालाई वितरण गरिएको गाँउपालिकाले जनाएको छ ।
साथै राष्ट्रिय परिचयपत्र वितरण कार्य निरन्तर रहने हुँदा गाउँपालिकाले लाभग्राहीहरुलाई सूचनामा प्रकाशित सूचीमा आफ्नो नामावली हेरी नामावलीमा रहेका लाभग्राहीहरु कार्ड लिन गाउँ कार्यपालिकाको कार्यालयको पञ्जीकरण शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।