भानु । तनहुँको भानु नगरपालिकाले पालिका भित्रका किसानलाई कृषि तथा पशु सम्बन्धि सूचना तथा जानकारी दिने उद्देश्य मोबाईल एप संचालन गरेको छ ।
नगरपालिकाको कृषि तथा पशु शाखाले किसानका लागि सुचना, जानकारी, प्रविधि , सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौसमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा-प्रवाह, गुनासो तथा सुझाव लगाएतको जानकारी एप मार्फत लिन सकिने कृषि शाखाका प्राविधिक अमित ढुँगानाले जानकारी दिए ।
किसानहरुका हरेक जिज्ञासा, समस्या र त्यसको समाधानको उपाय, विभिन्न कार्यक्रम लगाएतका किसानलाई प्रतक्ष प्रभाव पार्ने विषयवस्तुको जानकारी दिएर मैत्री कार्यक्रमका संचालन गर्नका लागि पनि कृषि एप महत्त्वपूर्ण हुने नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
उनले भने “किसानका कुनै जिज्ञासा भए वा कुनै समस्या भए एप मार्फत सहजिकरण गर्न सकिन्छ ।”