इच्छाकामनाकी चेली लोकदोहोरी गायिका सरिता गुरुङको ‘ङोलो ङोलोस्यो…’ सार्वजनिक

Byखवरबाटिका

१३ पुष २०८१, शनिबार १४:२४ १३ पुष २०८१, शनिबार १४:२४ १३ पुष २०८१, शनिबार १४:२४

चितवन । चितवन इच्छाकामनाकी चेली लोक तथा दोहोरी गायिका सरिता गुरुङको नयाँ गीत ‘ङोलो ङोलोस्यो…’ सार्वजनिक भएको छ । उनको आफ्नै अफिसियल युट्युब च्यानल सरिता गुरुङबाट आज सार्वजनिक गरिएको गीतमा महिला स्वरमा उनी आफैले गायकी छिन् भने गीतको शब्द र लय उनी आफैले सृजना गरेकी हुन् ।

यस्तै गीतमा पुरुष आवाज चर्चित लोकदोहोरी गायक इच्छाकामनाकै शितल गुरुङले भरेका छन् भने गीतको म्युजिक भिडियोको कोरियोग्राफि र निर्देशन दिप गुरुङले गरेका छन् ।

गीतको भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, प्रिती श्रेष्ठ र अमर आलेले अभिनय गरेका छन् । झण्डै एक दशक देखि लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर लागिरहेकी गायीका सरिता गुरुङको औपचारिक रुपमा सार्वजनिक गरिएको गीत यो नै पहिलो हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *