भानु नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

Byखवरबाटिका

१६ पुष २०८१, मंगलवार १०:१५ १६ पुष २०८१, मंगलवार १०:१५ १६ पुष २०८१, मंगलवार १०:१५

भानु । तनहुँको भानु नगरपालिकामा पौष १४ गते देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको छ ।

भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय परिचय पत्रको वितरणको कार्य प्रारम्भ गरेका हुन ।

सुरुवातमा भानु नगरपालिका वडा नं १ बाट शुरू गरिएको वितरण प्रक्रिया क्रमश: अन्य वडाहरुको पनि भानु नगरपालिका भन्सार स्थित सेवा प्रवाह कार्यालयबाट वितरण गरिनेछ ।

प्रारम्भिक चरणमा पालिकाको पंञ्जीकरण शाखाबाट वितरण गरिने राष्ट्रिय परिचयपत्र वडाबाट पनि नगरवासिको सहजताको लागि वितरण प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय संग अनुरोध गरिने नगर प्रमुख त्रिपाठीले बताए ।

नगरपालिकामा हाल सम्म पहिलो चरणमा ७ हजार २ सय १० र दोस्रोमा ३ हजार ५ सय ७० गरि जम्मा १० हजार ७ सय ८१ परिचयपत्र आईसकेको पञ्जिकरण शाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *