बन्दीपुर । तनहुँको बन्दीपुरमा बुधबार बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारबाट ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सुरु भएको छ । उ
क्त ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमको नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका थिए । पर्यटन प्रवद्र्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दिपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरेको । गाउँपालिका अध्यक्ष थापाका अनुसार सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व छ ।
‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटन क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमन संख्या वार्षिक २ लाख पु¥याउने उद्देश्य सहित बन्दिपुर भ्रमण वर्ष आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने ।
सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवद्र्धन गरी पर्यटक संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । ‘भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौं,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा ८ लाख पर्यटक बन्दिपुर ल्याउने लक्ष्य छ ।’
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पु¥याइने छ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पु¥याइने छ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे (घरबास) साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ ।
यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विकास र प्रवद्र्धन गरिने छ । भ्रमण वर्षमार्फत बन्दिपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ । ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवद्र्धन गरिने छ भने विद्यमान पर्यटन केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्य पहिचान, विकास र प्रवद्र्धन गरिने छ,’ उनले भने ।
भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षण सहित याम अनुसार प्याकेज तयार गरिने छ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटन सर्किट प्रवद्र्धन हुने अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए । भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाको लक्ष्य छ ।
भ्रमण वर्ष सफल पार्न कूल ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धता समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दिपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।
यस्तै, बन्दीपुर गाउँपालिका र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) बीच बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलताका लागि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माको रोहबरमा उक्त सम्झौतामा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका स्थानीय अधिकृत श्री लक्ष्मी प्रसाद सापकोटा र बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक श्री बैश बहादुर गुरुङले हस्ताक्षर गरेका छन् भने कार्यक्रम र सम्झौता समेत आज २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्म लागू हुनेछ। यसले बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले बन्दीपुर भ्रमण वर्ष २०२५ कार्यक्रमको सह(आयोजकको रूपमा भूमिका निर्वाह गर्नेछ। यस सहकार्यले पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयको कार्यालयलाई प्रति टिकट रु ३० सम्म प्रदान गर्ने कम्पनीले बताएको छ ।