दमौली । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यालयहरुको नाम संशोधन गरेको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णय अनुसार कार्यालयहरूको नाम संशोधन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गत रहेको प्रदेशस्तरीय ६ वटा कार्यालय, जिल्लास्तरीय ९ वटा आयुर्वेद कार्यालय, जिल्लास्तरीय ११ वटा अस्पताल र जिल्लास्तरीय आयुर्वेद कार्यालयहरुको नाम संशोधन गरिएको छ ।

जसअनुसार तनहुँको व्यास-३ मा रहेको दमौली अस्पतालको नाम अब प्रदेश अस्पताल दमौली हुने भएको छ ।

यस्तै जिल्ला आयुर्वेद कार्यालय तनहुँको नाम प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ हुने भएको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नाम अब प्रदेश जनस्वास्थ्य कार्यालय दमौली, तनहुँ हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *