काठमाडौं । आगामी फागुनको १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मायावी’ यतिबेला गीतसंगीत र आक्रामक प्रचारप्रसारले चर्चामा छ । दुई गीत सार्वजनिक भइसकेका छन् ।

निर्माताले फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ ।

गीतमा दीक्षित पौडेल, समिरा थपलियाको स्वर, शम्भुजीत बासकोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द छ ।

निर्देशक समेत रहेका भट्टराइले नै कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाईं, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । गीत कर्णप्रिय छ । गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ ।

फिल्ममा राजुविक्रम थापाको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । भट्टराइको लेखन र निर्देशनमा तयार भएको फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नेम महर्जनको पनि लगानी छ ।

गीतले कथावस्तुको बारेमा केही गहनता बोलेको छ । फिल्ममा पल र दीपिकाको सम्बन्ध के, उनको भावुकताको कारण के हो भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *