रिटर्नी फेडेरेसन तनहुँको अध्यक्षमा सुदिप

Byखवरबाटिका

१५ माघ २०८१, मंगलवार २०:२२ १५ माघ २०८१, मंगलवार २०:२२ १५ माघ २०८१, मंगलवार २०:२२

दमौली । विदेशबाट फर्किएका नेपालीहरूको हकहितका निम्ति काम गरिरहेको संस्था रिटर्नि फेडेरेसन नेपाल तनहुँको अध्यक्षमा सुदिप पौडेल निर्वाचित भएका छन् ।

मंगलबार दमौलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

गठित समितिको उपाध्यक्षद्धयमा मनोज भुजेल र याम बहादुर पाटा मगर, सचिवमा लाल प्रसाद तिमल्सेना, उपसचिवद्धयमा अर्जुन बहादुर अधिकारी र पदम प्रसाद बगाले र सदस्यहरुमा रमेश अधिकारी, मन बहादुर कुमाल, कृष्ण बहादुर थापा, र मिन बहादुर पाटा मगर निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष डा. शालिकराम बसेल रहेका थिए भने कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा एमाले जिल्ला कमिटी तनहुँका अध्यक्ष हरिराज कडेंल रहेका थिए ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा रिटर्नी फेडरेसन नेपालकी केन्द्रीय उपाध्यक्ष अर्चना बस्नेत अतिथिहरूमा सचिव बुद्धि सुवेदी, केन्द्रीय सदस्य विष्णुहरी भूगाई, नेकपा एमाले जिल्ला कमिटी सचिव प्रदिपराज अधिकारी, उपसचिव खिमबहादुर कुमाल, रिटर्नी फेडरेसन नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष प्रमिला बराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीताराम सुर्खाली, दिपक खाती, कुलबहादुर थापा, नेकपा एमाले व्यासनगर कमिटी अध्यक्ष तुलसीराम पाण्डे, सचिव रामचन्द्र अधिकारी रहेका थिए ।

रिटर्नी फेडरेसन नेपाललाई नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो जनवर्गीय संगठनको रूपमा अङ्गीकार गरेको छ। यसले विदेशबाट फर्केका नेपालीहरूको ज्ञान, सिप, दक्षता र पुँजीलाई संगठित गर्दै सामाजिक, आर्थिक र राजनैतिक भविष्यलाई स्थापित गर्न क्रियाशील रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *