तनहुँ । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘तलतल’ सार्वजनिक गरिएको छ।
दमौलीका विश्व प्रकाश भुसालको शब्द तथा संगीत रहेको यस गीतलाई विश्व प्रकाश भुसालकै आधिकारिक युवटुव च्यानल मार्फत अपलोड गरिएको छ ।
सुसन पन्तको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोलाई सुवास अमगाईले निर्देशन गरेका छन् भने बबिता वाग्ले निर्माता हुन्।
भिडियोमा दीपक रेग्मी, महेश वाग्ले र पूजा केसीको अभिनय रहेको छ। आकर्षक दृश्य संयोजन तथा मनछुने संगीतले गीतलाई विशेष बनाएको छ ।
यस गीतले प्रेमभावनालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ भने प्रमोद खरेलको दमदार गायनले गीतमा अझ गहिराइ थपेको छ।
भिडिओ :