दमौली । नेपाल मगर संघ व्यासनगर समिति दमौलीको आयोजना र व्यास नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयहरूमा मगर भाषाको पढाइ सुरु गरिएको छ ।
यस कार्यक्रमको उद्देश्य मगर विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिनु हो। यस कार्यक्षेत्रमा मगर संघले बनाएको नीति र स्थानीय पाठ्यक्रम अनुसार कक्षाहरू सञ्चालन गरिएको छ।
सोही उद्देश्यका साथ तनहुँको केशवटार मावि व्यास-१४ केशवटारमा कक्षा १ को पढाइ सुरु भएको हो। मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयन व्यासनगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरे। उक्त कार्यक्रमको पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो, जसका बारेमा नेपाल मगर संघ व्यासनगर समितिका अध्यक्ष लिपि कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गर्ने प्रक्रिया र कक्षाहरू सञ्चालन गर्ने बताए ।
मगर भाषा संरक्षणका लागि ब्यास नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने छ। तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन्। पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो। यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्याएको र सिकाइमा प्रभावकारिता ल्याएको नगरपालिकाले जनाएको छ।
तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिएका थिए। तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।
नेपाल मगर संघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय रहेको बताएका छन्।
साथै, गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेको अवस्थामा यस्ता तालिमहरूले भाषा संरक्षणका अभियानलाई टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
Beta feature
Beta feature
Beta feature