शिक्षा क्षेत्रको बजेट बढाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Byखवरबाटिका

२ फाल्गुन २०८१, शुक्रबार १९:०६ २ फाल्गुन २०८१, शुक्रबार १९:०६ २ फाल्गुन २०८१, शुक्रबार १९:०६

आँबुखैरेनी । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रकाे बजेट बढाउनु पर्ने बताएका छन् । ‘देशमा शिक्षाकाे गुणस्तर वृद्धि र समग्र शिक्षाकाे विकासका लागि पनि सरकारले आगामी वर्षदेखि बढाउनु पर्छ ।’ उनले भने ।

तनहुँकाे आँबुखैरेनी १ सत्रसय फाँटमा रहेकाे मित्रता माध्यमिक विद्यालयकाे ५४औं वार्षिकोत्सव एवं अभिभावक दिवस समाराेहकाे अवसरमा उनले सो कुरा बताएका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिक्षा ऐन संसदमा पुगेकाे र यसलाई सकारात्मक ढँगबाट सहयाेग गर्न सम्पूर्ण सराेकारवालाहरुलाई आग्रह गरे । साथै उनले शिक्षकहरुकाे पेशागत हितका लागि सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले गुणस्तरीय शिक्षालाई जाेड दिएकाे भन्दै पालिकाका विद्यालयहरुमा शिक्षक दरबन्दी र भौतिक अवस्थामा कुनै कमि नरहेकाले सराेकारवाला सबै मिलेर बालबालिकाकाे भविष्यकाे ख्याल राख्दै आ-आफ्नाे ठाउँबाट सहयाेग गर्नु पर्नेमा जाेड दिए । उनले विद्यालयकाे समग्र विकासको लागि भुपू विद्यार्थीहरुकाे भूमिका महत्त्वपूर्ण रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बहादुर गाैलीकाे अध्यक्षतामा शुक्रबार सम्पन्न भएकाे कार्यक्रममा पालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, वडा नं १ का अध्यक्ष प्रेमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम तामाङ लगाएतले शुभकामना व्यक्त गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बाेगटीले जानकारी दिए ।

कार्यक्रममा एसएलसी ब्याच २०४८ का भूपू विद्यार्थीहरुले ५ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजारका दरले छात्रवृत्ति रकम वितरण गरेको थियाे । त्यसैगरी अस्मी काराखेती स्मृति छात्रवृत्ति र गाउँबेसी छात्रवृत्ति पनि वितरण गरिएकाे विद्यालयले जनाएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *