अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा खुला कविता प्रतियोगिता हुने

Byखवरबाटिका

२ फाल्गुन २०८१, शुक्रबार १९:५८ २ फाल्गुन २०८१, शुक्रबार १९:५८ २ फाल्गुन २०८१, शुक्रबार १९:५८

दमौली । महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा खुला कविता प्रतियोगिता हुने भएको छ। अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०२५ को अवसरमा मार्च ८ (फागुन २४) गते ‘महिला र श्रम’ विषयक खुला कविता प्रतियोगिता आयोजना गरिने भएको हो।

महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिइन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने कविताहरू महिला श्रमिक, समान काममा असमान ज्याला, श्रममा महिला र पुरुषबीचको भेदभाव, महिला अधिकार, महिला सशक्तिकरण, श्रम नीति तथा कानुनजस्ता विषयमा केन्द्रित हुनुपर्ने संस्थाकी सचिव सुनिता आचार्यले जानकारी दिइन्।

प्रतियोगिताले समान ज्यालाको अधिकार, श्रम क्षेत्रमा हुने लैङ्गिक विभेद तथा महिलाको योगदानबारे सार्वजनिक विमर्श गर्न, श्रमिक महिलाहरूको संघर्ष र सफलताका कथाहरू उजागर गर्न तथा उनीहरूलाई प्रेरित गर्दै समाजको मुख्य प्रवाहमा ल्याउन मद्दत गर्ने आयोजकको विश्वास छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाइन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *