दमौली । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बल बहादुर गुरुङ विरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता भएको छ । उनले सोमबार आफ्नै वडा सचिव नविन भुषाललाई कुटपिट गरेका थिए ।

सोमबार बिहान अं.१०:३० बजेको समयमा बन्दिपुर गाउँपालिका वडा नं.६ धरमपानी स्थित वडा कार्यालयमा वडाअध्यक्ष कप भलिबल खेल संचालनको भुक्तानी प्रक्रिया अगाडि बढाउने सम्बन्धमा विवाद हुँदा वडा अध्यक्ष बल बहादुर गुरुङले बाँके कोहलपुर नगरपालिका वडा नं.३ घर भई हाल तनहुँको बन्दिपुर गाउँपालिका वडा नं.६ मा कार्यरत वडा सचिव नविन भुषाललाई हातपात गरेका थिए ।

वडाअध्यक्षको कुटाईबाट घाइते भएका वडा सचिव भुसालको बन्दिपुर अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो ।

सोमबार राती अं.९:३५ बजे उक्त घटनामा संलग्न रहेका वडा अध्यक्ष बल बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पीडित वडा सचिव भुषालको जाहेरी अनुसार अभद्र व्यवहार मुद्धा शीर्षकमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सोमबारदेखि लागु हुने गरी पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तनहुँको बन्दीपुरमा वडाध्यक्षले कुटे वडा सचिव (भिडिओ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *