प्रजातन्त्र दिवसमा देवघाटधाम जेसीजद्वारा दीप प्रज्जवलन

Byखवरबाटिका

८ फाल्गुन २०८१, बिहीबार ०८:०५ ८ फाल्गुन २०८१, बिहीबार ०८:०५ ८ फाल्गुन २०८१, बिहीबार ०८:०५

देवघाट । देवघाटधाम जेसीजले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तनहुँको देवघाट-५ स्थित देवघाट गाउँपालिकाको कार्यालयमा दीप प्रज्जवलन गरेको छ ।

देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल ले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाट धाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष दिनेश सारु र देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवर थिए ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नं ५ का वडा सदस्य यम बहादुर मगर, देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत सरद न्यौपाने, इन्जिनियर तृथराज ढुङ्गाना, लेखापाल सञ्जय शर्मा लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त जेसी स्वस्तिका धितालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष देवघाट धाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले वीर सहिदहरूको त्याग तपस्या र बलिदानले गर्दा नै प्रजातन्त्र , लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भई हामीले स्वतन्त्रतापूर्वक बोल्न पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *