दमौली । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण दिइएको छ ।
जिल्ला प्रहरी कार्यलय तनहुँको आयोजनामा सामुदायिक सेवा केन्द्र तनहुँ र सामुदायिक सेवा केन्द्र म्याग्दे ईकाईको सहआयोजनामा सो कार्यक्रम भएको हो ।
विद्यालयको कक्षा ७ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहेका थिए । शुक्रबार भएको कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र म्याग्दे ईकाईका अध्यक्ष जगन्नाथ पण्डितले गरेका थिए । उक्त कार्यक्रममा ११५ जना विधार्थीहरुको सहभागीता रहेको थियो ।
Beta feature