शुक्लागण्डकीको बाङ्गेखोलामा पुल बनेपछि स्थानीय हर्षित

Byखवरबाटिका

१७ फाल्गुन २०८१, शनिबार १८:३३ १७ फाल्गुन २०८१, शनिबार १८:३३ १७ फाल्गुन २०८१, शनिबार १८:३३

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर नागरिकको वर्षाै देखिको प्रतिक्षा र दबाबलाई पुरा गरिदिएको छ । नगरपालिकाको कटहरे स्थित बाङ्गेखोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको वर्षाैदेखिको सपना पुरा भएको हो ।

वर्षेनी बढेर आउने बाङ्गे खोलाकै कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र विरामी हुदाँसमेत जोखिम मोलेर खोला तर्नुपर्ने समस्या पुल बनेसँगै सधैका लागि समाधान भएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा न ८ र १० लाई जोड्ने गरि नगरपालिकाले खोलामा पुल निर्माण गरिदिएपछि स्थानीयमा खुशीको सिमाना छैन । ‘अब हाम्रो बच्चाहरु खोला बढ्दा पनि स्कुल जान पाउने भए’, स्थानीय दिप नेपालीले भने ‘विरामी हुदाँ चाँडै अस्पताल जान पाइने भयो ।’ नेपालीले वडा र नगरपालिकाका प्रतिनिधीलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको जानकारी दिए ।

पुल निर्माणपछि शुक्लागण्डकी १० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानीका सयौँ जनताले सहज सुविधा प्राप्त गर्ने वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । वडाध्यक्ष भट्टराईले वडाको सबैभन्दा महत्वपूर्ण योजना पुरा भएको बताए ।

नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी ब्यक्त गरे । उनले पुल शिलान्यास भएको दुई महिना नवित्दै निर्माण भएको जानकारी दिदै वर्षाैदेखिको माग पुरा भएको बताए ।

बाङ्गे खोलामा निर्माण भएको पुलको निरिक्षण गर्न पुग्नुभएकाले शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताए । निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पुरा गर्ने अभियानमा रहेको दावि गर्दै मेयर पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरबासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको समेत बताए ।

झण्डै २० मिटर लम्वाईको पुल नगरपालिकाको २५ लाख बजेटमा लिभिक कन्ट्रक्सनले निर्माण गरेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *