दमौली । तनहुँको व्यास नगरपालिका वडा नं.९ कुमालगाँउमा बन्चरोले हानेर गरी एक जना महिलाको हत्या गरिएको छ । हत्या हुनेमा सोही स्थानकी ६६ वर्षिया विष्णुमाया कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक विष्णुमाया कुमललाई धारिलो हतियार बन्चरोले टाउकोमा निर्ममता पूर्वक प्रहार गरी हत्या गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न व्यास नगरपालिका ९ बस्ने वर्ष ३० को शिव शंकर भन्ने शंकर कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ७:३० बजेको समयमा विष्णुमाया कुमालको टाउको समेतमा गहिरो चोट लागि आफ्नै घर अगाडीको खालि जग्गामा घोप्टो परी मृत अवस्थामा रहेको भन्ने स्थानीय मानिसहरू मार्फत सूचना प्राप्त हुन साथ प्रहरी निरीक्षक समेतको टोली घटनास्थलमा गएको थियो ।