फोनिज तनहुँको अध्यक्षमा ममता सर्वसम्मत चयन

Byखवरबाटिका

२६ फाल्गुन २०८१, सोमबार १८:३२ २६ फाल्गुन २०८१, सोमबार १८:३२ २६ फाल्गुन २०८१, सोमबार १८:३२

दमौली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ ।

सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै फोनिज तनहुँको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ, सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र राम बहादुर धामि चयन भएका छन्।

फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन भएका छन् ।

फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फोनिजका केन्द्रीय सदस्य मिला दरै प्रमुख अतिथि रहेकी थिइन् ।

त्यस्तै कार्यक्रममा फ़ोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाको पनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *