खेलकुद आर्थिक आर्जनको रुपमा अघि बढेको छ : खेलकुदमन्त्री चौधरी

Byखवरबाटिका

२७ फाल्गुन २०८१, मंगलवार १६:१९ २७ फाल्गुन २०८१, मंगलवार १६:१९ २७ फाल्गुन २०८१, मंगलवार १६:१९

दमौली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद आर्थिक आर्जनको रुपमा अघि बढेको बताए । सो कुरा मन्त्री चौधरीले तनहुँको दमौलीमा मंगलबार व्यास नगर कवर्ड हलको उद्घाटन गर्दै बताएका हुन् ।

खेलकुद स्वास्थ्य, मनोरन्जन, फिजिकल, मानसिक र पर्यटनको लागी मात्रै नभई अब आर्थिक आर्जनको रुपमा अगाडी बढेको मन्त्री चौधरीले बताए । उनले भने ‘नेपालमा केहि महिना अघि मात्रै सम्पन्न एनपिएलमा अर्बौ रुपैयाँको कारोबार भएको छ ।’

एउटै खेलाडीले लाखौ रुपैयाँ कमाउन लागेकाले नयाँ खेलाडीले पनि आफ्नो सिप बढाउन मेहेनत गर्नुपर्ने मन्त्री चौधरीले बताए । उनले अगाडी भने ‘हाम्रै खेलाडी युरोपमा फुटबल लिग खेलेर अहिले महिनाको १० लाखसम्म कमाई गरिरहेका छन् ।’

व्यास नगर व्याडमिन्टन क्लबले व्यास-३ स्थित बिपी वनबाटिकामा कवर्ड हल निर्माण गरेको हो । उक्त कवर्ड हल रु. ९६ लाख ६३ हजार ७४७ को लागतमा निर्माण भएको व्यास नगर व्याडमिन्टन क्लबका अध्यक्ष जिवन गुरुङले जानकारी दिए । हल निर्माणका लागी व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

सो कवर्ड हल निर्माणको लागी जग्गा जिल्ला समन्वय समिति तनहुँले उपलब्ध गराएको व्यास नगर व्याडमिन्टन क्लबका उपाध्यक्ष कुलबहादुर थापाल जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले स्वास्थ्यको लागी खेलकुद आवश्यक रहेको बताए । खेलकुदको विकासको लागी तीनै तहको सरकार एकजुट हुनुपर्ने उनले बताए ।

यस्तै सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, नेकपा एमाले तनहुँका सचिव प्रदिप अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँका सभापति विश्व बास्तोला, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा लगायतले खेलमैदान जिल्लाको आवश्यकता रहेको कुरा जोड दिएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *