आज दमौलीसहित यी क्षेत्रमा ७ घण्टा विद्युत अवरुद्ध हुने [सूची सहित]

Byखवरबाटिका

१ चैत्र २०८१, शनिबार ०७:१९ १ चैत्र २०८१, शनिबार ०७:१९ १ चैत्र २०८१, शनिबार ०७:१९

दमौली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आज शनिबार दिउँसो दमौलीसहित आसपासका क्षेत्रमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

दमौली सवस्टेशनमा सव स्टेसन अटोमेशन आयोजनाबाट इन्कमर बुस्बार (Incomer Busbar) मा अटोमेसन (Automation) को सामान जडान कार्य गरिने भएकोले शनिबार विहान ९ः३० देखि साँझ ४ः३० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणको तनहुँ वितरण केन्द्रले जनाएको छ ।

तनहुँ वितरण केन्द्र दमौलीका अनुसार उक्त समयमा दमौली सवस्टेसनको सोति फिडर, तनहुँसुर फिडर, दमौली फिडर, छाब्दी फिडर, थर्पु फिडरबाट विद्युत सप्लाई हुने सम्पूर्ण क्षेत्रहरूमा विद्युत सेवा बन्द रहने भएको छ ।

उक्त समयमा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा सुचारू हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *