तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट १० वर्षिया बालिकाको मृत्यु

Byखवरबाटिका

२८ चैत्र २०८१, शुक्रबार २२:१३ २८ चैत्र २०८१, शुक्रबार २२:१३ २८ चैत्र २०८१, शुक्रबार २२:१३

दमौली । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा तनहुँको बन्दिपुर गाँउपालिका वडा नम्बर २ कामि डाँडाकी १० वर्षिया अनुजा विकको चितुवाको आक्रमणबाट मृत्यु भएको बन्दिपुर गाँउपालिका-२ का वडाअध्यक्ष तिलक बहादुर कुँवरले जानकारी दिए ।

इसुव विकको छोरी साँझ आफ्नै घरबाट छिमेकी दिदिको घरमा जाने क्रममा एक्कासि चितुवाले आक्रमण गरेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

घरदेखि अन्दाजी ७ सय मिटर तल विक मृत अवस्थामा फेला परेको वडाध्यक्ष कुँवरले बताए ।

बन्दिपुर गाँउपालिका वडा नम्बर २ मा पहिलोपटक चितुवाको आक्रमणबाट मानिसको ज्यान गएको कुँवरले जानकारी दिए ।

घटनास्थलमा अहिले स्थानीय, जनप्रतिनिधी र प्रहरी पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *