तनहुँमा सञ्चारमाध्यमको अभिलेखीकरण गरिने

Byखवरबाटिका

३० बैशाख २०८२, मंगलवार १७:५२ ३० बैशाख २०८२, मंगलवार १७:५२ ३० बैशाख २०८२, मंगलवार १७:५२

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाभित्र सञ्चालित सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने भएको छ । जिल्लाबाट सञ्चालित छापा, अनलाइन, रेडियो, टेलिभिजनको अभिलेखीकरण गर्न लागिएको हो ।

शाखाका अध्यक्ष धनपति (डिपी) अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले सबै सञ्चारमाध्यमलाई आवश्यक कागजपत्र बुझाइदिन आग्रह गरेको छ ।

सञ्चारमाध्यमको एकिन विवरण नहुँदा समस्या परेकाले जेठ १० गतेभित्र महासङ्घको कार्यालयमा वा इमेल fnjtanahun@gmail.com मार्फत् आवश्यक कागजात (सूचना विभाग दर्ता, प्रेस काउन्सिल सूचीकृत, नवीकरण, पान नम्बर, करचुक्ता विवरण लगायत) माग गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार तीन वर्षको सदस्यता नवीकरणका लागि आवश्यक रकम बुझाउन आग्रह गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *