आँबुखैरेनी । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल तनहुँ जिल्लाको तेस्रो ऐतिहासिक सम्मेलन बुधबार दमौलीमा सम्पन्न भएको छ ।
सम्मेलनले हिमाल थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षहरुमा बसन्ती सारू मगर, युकेश मगर र ज्योति रोकालाई चयन गरिएको छ।
यसैगरी सचिवमा रूपमा राजन विसी, सहसचिवमा पुष्पा राना मगर, श्रीकृष्ण बराल र राजकुमार विक तथा कोषाध्यक्षमा साजन थापालाई चयन गरिएको छ।
सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज आशा कोइरालाले गरेकी थिइन्।
उनले युवा आन्दोलनको महत्व र यसबाट समाजमा ल्याउन सकिने परिवर्तनको बारेमा बोल्दै योङ्ग कम्युनिष्ट लिगका सदस्यहरुलाई थप जिम्मेवारी र समर्पणका साथ काम गर्न आह्वान गरे।
नव नियुक्त अध्यक्ष हिमाल थापाले आफ्नो सम्बोधनमा संगठनको एकता र युवापिढीको आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।