दमौली । तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गको सडकखण्डमा बस र टिप्पर ठोक्किदा दुर्घटना भएको छ ।

मंगलाबार बिहान रुकुम-पश्चिमबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ४१५२ न.को बस र बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उक्त दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका- ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँको भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

सोही स्थानमा गत मङ्सिर २ गते दुई वटा बस ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परि एक जना बस चालकको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

यो पनि :

पृथ्वी राजमार्गको गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्कियो, ऋषिङ पाटनका बस चालकको मृत्यु, ३० जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *