तनहुँको म्याग्देमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते (नामावली सहित)

Byखवरबाटिका

७ जेष्ठ २०८२, मंगलवार १८:१६ ७ जेष्ठ २०८२, मंगलवार १८:१६ ७ जेष्ठ २०८२, मंगलवार १८:१६

दमौली, जेठ ६ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना भएको छ । मंगलबार दिउँसो २:३५ बजेको समयमा पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१ नं. को यात्रु बाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्।

बस चालकले नियन्त्रण गुमाई सडक देखि अन्दाजी १५/२० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा परी घाईते भएका यात्रुहरुलाई उपचारको लागी जिल्लाका विभिन्न अस्पताल पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

सो दुर्घटनामा परी घाइते भएका मध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । जसमा तनहुँको व्यास नगरपालिका- १ भादगाँउ बस्ने वर्ष ६७ को प्रेम बहादुर राना मगर, सुर्खेतको पञ्चपुरी नगरपालिका- ७ बस्ने वर्ष २४ को गणेश सहकारी, रोल्पाको परिवर्तन गाउँपालिका-२ बस्ने वर्ष २२ को किस्मत घर्ती मगर, सुर्खेतको विरेन्द्रनगर नगरपालिका-९ बस्ने वर्ष ३४ को नविन रेग्मी, दैलेखको भगवतीमाई गाउँपालिका-६ बस्ने वर्ष ३५ को दिल कुमारी रोकाया, नवलपुरको कावसोती नगरपालिका-१७ बस्ने वर्ष ७६ को युक्त प्रसाद गौडेल, कास्कीको पोखरा महानगरपालिका-३० बस्ने वर्ष ३९ को कृष्ण बहादुर झ्यारी, सोही स्थान बस्ने वर्ष ७ की इत्रीशा मगर, सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१२ वर्ष ३१ को लोकेन्द्र बानिया,सोही स्थान बस्ने वर्ष ३२ कि दुर्गा कुमारी पुन, कैलालीको टिकापुर नगरपालिका-१ बस्ने वर्ष १८ को संदेश पुन मगर, गोरखाको शहिदलखन गाउँपालिका-५ बस्ने वर्ष ३८ को एक बहादुर राना, जुम्लाको तिला गाउँपालिका-३ बस्ने वर्ष २२ को निराजन रावत, जुम्लाको चन्द्रनाथ नगरपालिका-६ बस्ने वर्ष २२ को मोहन सुनार र दैलेखको आठबिस नगरपालिका-६ बस्ने वर्ष १९ को गणेश उपाध्याय रहेका छन् ।

यस्तै रत्नहरी अस्पताल दमौलीमा सुर्खेतको गुर्भाकोट नगरपालिका- १३ बस्ने वर्ष ५० को जय बहादुर चन्द, सुर्खेतको पञ्चपुरी नगरपालिका-१० बस्ने बर्ष ५६ को धन बहादुर देउवा, सुर्खेतको लेखवेशी नगरपालिका-१ बस्ने वर्ष ३४ को राज कुमार बादी, जुम्ला तिला गाउँपालिका-६ बस्ने वर्ष २२ को कमल रोकाया, दैलेखको दुल्लु नगरपालिका-१ बस्ने वर्ष ३३ को महन्द्र बहादुर खड्का, दैलेखको दुल्लु नगरपालिका-६ बस्ने वर्ष ३५ को डम्मर बहादुर खड्का र डोल्पाको मुर्कुचुला गाउँपालिका-९ बस्ने बर्ष २४ को दल बहादुर बुढा रहेका छन् ।

म्याग्दे पोलिकिल्निक थर्पुमा सामान्य उपचार पछि ३ जना घाईतेहरुलाई थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जसमा बस चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका-९ बस्ने वर्ष २९ को शेर बहादुर वली, बसका सहचालक कास्कीको पोखरा महागरपालिका-२१ बस्ने वर्ष २६ को संजय अधिकारी र सुर्खेतको विरेन्द्रनगर गरपालिका-९ बस्ने वर्ष २८ को अशोक वि.क.रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *