अटाे संचालन गर्न भानु नगरपालिकाद्वारा रुट इजाजतपत्र प्रदान

Byखवरबाटिका

७ जेष्ठ २०८२, मंगलवार १८:२९ ७ जेष्ठ २०८२, मंगलवार १८:२९ ७ जेष्ठ २०८२, मंगलवार १८:२९

भानु (तनहुँ) । तनहुँकाे भानु नगरपालिका भित्र संचालनमा रहेका पबित्र कालिका प्रालिको २५ वटा अटोलाई मंगलबार नगरपालिकाले रुट इजाजतपत्र प्रदान गरेको छ ।

भानु नगरपालिका नगरप्रमुख आनन्द राज त्रिपाठीले रुट इजाजतपत्र अत्यन्तै महत्वपूर्ण कानुनी कागजात रहेको र रुट इजाजतपत्र लिएका अटोलाई भानु नगरपालिका भित्र वैधानिक रुपमा संचालन गर्न अधिकार प्रदान गरेको बताए ।

रुट इजाजतपत्र प्राप्त सवारीले नगरपालिकाबाट प्रदान गरिने सेवा, सुविधा तथा अभिमुखिकरण कार्यक्रममा सहभागी जनाउन सक्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली स्थापित गर्नका लागि पनि रुट इजाजतपत्र अपिरिहार्य रहेको भानुकी उपप्रमुख उमा गोतामेले बताईन ।

अटो, रिक्सा/ईलेक्ट्रिक रिक्सा तथा टेम्पो रूट ईजाजत कार्यविधि २०८१ बमोजिम प्रचलित कानूनको अधिनमा रही सवारी संचालनको लागि अब पवित्र कालिका यातायात प्रा.लि.कम्पनीमा आवद्व रहेका २५ टेम्पो (अटो)लाई एक वर्षको लागि रूट ईजाजत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । साथै भाडा दर पनि कायम गरिने भानु नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *