दमौली । तनहुँको ऋषिङका दुई जना महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र ऋषिङ गाउँपालिका वडा नं. २ बस्ने वर्ष २६ की खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
सोमबार बिहान अन्दाजी ७ बजेको समयमा घरबाट घास काट्नको लागि जिल्लाको ऋषिङ गाउँपालिका वडा नं. ३ स्थित टोर्के सामुदायिक बनमा गएका उनिहरु बिहान १० बजे सम्म घर नफर्के पछि घर परिवार समेत गाँउ घरका मानिसहरु उक्त सामुदायिक बनमा गई खोजतलास गरेका थिए ।
सोही क्रममा श्रीमाया राना सालको रुखमा र खिमसरा मगर बनमाराको झ्याङमा अड्कीई मृत अवस्थामा फेला परेको स्थानीयले बताएको प्रहरी जनाएको छ ।
घटनास्थल लास जाँच समेतको प्रारम्भिक अनुसन्धान पश्चात मृतकको आफन्तहरुले भिरबाट लडी भवितव्य ज्यान मुद्दा शिर्षकमा जाहेरी परेको थियो । दुवै मृत शव परीक्षण पश्चात आफन्तलाई मंगलाबार जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।