दमौली । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमौलीले द स्कलरशिप शैक्षिक मेला गर्न लागेको छ ।
कन्सल्टेन्सीले यहि जेष्ठ १७ गते शनिबार व्यास–२ गणेशमान चोक दमौलीमा विशेष शैक्षिक मेला ‘द स्कोलर्शिप डे – २०२५’ आयोजना गर्ने भएको छ।
कार्यक्रम बिहान ११ बजे देखि बेलुका ४ बजेसम्म सञ्चालन हुने कन्सल्टेन्सीका सुनिल श्रेष्ठले जानकारी दिए ।
मेलामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, डेन्मार्क, दुवई लगायतका देशहरूको शिक्षा प्रणाली, भिसा प्रक्रिया, छात्रवृत्तिका अवसरहरू तथा अध्ययनपछि रोजगारीका सम्भावनाहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिने बताईएको छ ।
शैक्षिक मेलामा विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहनेछन ।
विद्यार्थीहरूले उनीहरूसँग प्रत्यक्ष भेटघाट गरी देश र विश्वविद्यालय, छात्रवृत्ति, आवेदन प्रक्रिया, आईइएलटिएसमा उच्च अंक ल्याउने उपाय, दीर्घकालीन करिअर योजना बनाउने तरिकाको विषयहरूमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराइने कन्सल्टेन्सीले जनाएको छ ।
द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमौलीले विद्यार्थी तथा अभिभावकहरूलाई मेलामा उपस्थित भई शैक्षिक लाभ उठाउन अनुरोध गरेको छ ।