आँबुखैरेनी, १४ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ४ स्थित ऐना पहरामा आगामी जेष्ठ १६ गते शुक्रबार ‘इन्द्रेणी’ नामक लोक दोहोरी कार्यक्रम आयोजना हुने भएको छ ।
सांस्कृतिक विकास केन्द्रद्वारा आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती दिने छन्। कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ। कार्यक्रममा सहभागिता जनाउनका लागि टिकटको मूल्य रु.१५० राखिएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यक्रमले आँबुखैरेनीको पर्यटन र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसले स्थानीय समुदायको आर्थिक समृद्धिमा पनि योगदान पु¥याउने अध्यक्ष चुमान बताउछन् ।