आँबुखैरेनी गाउँपालिकाद्वारा ७९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

Byखवरबाटिका

२१ जेष्ठ २०८२, मंगलवार १७:२४ २१ जेष्ठ २०८२, मंगलवार १७:२४ २१ जेष्ठ २०८२, मंगलवार १७:२४

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने ७९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
गाउँपालिकाले गरीब र जेहेन्दार विद्यार्थीहरूका लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने ७९ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रु. दह हजारका दरले रु. चार लाख ९० हजारकाे छात्रवृत्ति रकम वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।

छात्रवृत्ति वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान भने, “हामीलाई थाहा छ कि शिक्षाले मात्र व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ र यो हाम्रो जिम्मेवारी हो कि हामी समाजका गरीब र जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षा प्राप्त गर्ने अवसरमा सघाउ पुर्याऔं। गाउँपालिकाले आगामी दिनहरूमा पनि यस प्रकारका शैक्षिक पहलहरू निरन्तरता दिनेछ, जसले विद्यार्थीहरूको भविष्य उज्जवल बनाउने छ।”

उनले थपे, “यो रकम यत्रा जस्तो सानो भए पनि, विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्न र उनीहरूको आत्मविश्वास बढाउन महत्त्वपूर्ण छ। हामी सबै मिलेर यस्तो सहयोगी वातावरण सिर्जना गर्दै जानु पर्छ जहाँ हरेक विद्यार्थीले आफ्नो क्षमता अनुसार उच्च शिक्षा प्राप्त गर्न सकून्।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कुमारी बैंकका शाखा प्रबन्धक र कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *