आँबुखैरेनी गाउँपालिकाले संचालनमा ल्यायो ‘छात्राको लागि बचत खाता’

Byखवरबाटिका

२१ जेष्ठ २०८२, मंगलवार १७:३७ २१ जेष्ठ २०८२, मंगलवार १७:३७ २१ जेष्ठ २०८२, मंगलवार १७:३७

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कुमारी बैंकको सहकार्यमा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले आफ्नो आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्रा विद्यार्थीहरूको लागि विशेष बचत खाता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यस कार्यक्रममा ८ सय १९ जना छात्रा विद्यार्थीको खाता खोलिएको कुमारी बैंक आँबुखैरेनी शाखाका शाखा प्रबन्धक यदुकान्त घिमिरेले बताए ।

गाउँपालिकाले बैंकका प्रबन्धक घिमिरेलाई रु. आठ लाख उन्नाइस हजारको चेक हस्तान्तरण गरिएको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवरले जानकारी दिईन ।

सो रकम बचत गरे बापत प्रत्येक विद्यार्थीले हरेक वर्ष रु. ३५ हजार बराबरको निःशुल्क स्वास्थ्य बीमा सुविधा प्राप्त गर्ने छन्। बचत खाता कार्यक्रमले छात्रा विद्यार्थीहरूको आर्थिक, स्वास्थ्य र शैक्षिक उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कुमारी बैंकका शाखा प्रबन्धक यदुकान्त घिमीरे लगायत विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *