समता विद्यालयका बालबालिका संग नेपाल घरेलु तथा साना उद्योगको स्थापना दिवस

Byखवरबाटिका

२६ जेष्ठ २०८२, आईतवार १३:२३ २६ जेष्ठ २०८२, आईतवार १३:२३ २६ जेष्ठ २०८२, आईतवार १३:२३

दमौली । महिला उद्यमी समिति तनहुँको आयोजनामा शनिबार नेपाल घरेलु तथा साना उद्योगको ३६औं स्थापना दिवस मनाइएको छ । उद्यमी समितिले व्यास नगरपालिका–७ सिसमटारस्थित व्यास नगर समता विद्यालयका बालबालिकालाई खाना खुवाएर दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले अब्बल र दीर्घकालीन योजनाका रुपमा गरेको कार्यमध्ये अभिभावक विहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालित विद्यालय भएको बताइन । उनले सडक बालबालिकारहित बनाउन विद्यालयको माध्यम महत्वपूर्ण भएको बताइन ।

व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारले सहयोगको भावनाले अभिभावक विहीन बालबालिकालाई मद्दत पुगेको बताइन । उनले सीप सिकाउने गरि शिक्षा दिनुपर्ने आवश्यकता औल्याइन ।

व्यास नगर समता विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले अभिभावक विहीन बालबालिका मात्रै नभएर अति विपन्न, एकल परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको योगदान ठूलो रहेको बताए । नगरपालिकाकै आन्तरिक आयबाट यस्ता बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने कार्य सहानीय भएको उनले बताए ।

महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले व्यास नगरपालिकाको असल र अब्बल कार्य अभिभावक विहीन बालबालिकाको संरक्षण, शिक्षा, आवासको प्रबन्ध गर्नु उत्कृष्ट कार्य भएको बताइन । विद्यालयमा ६५ विद्यार्थी अध्ययनरत छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *