व्यास युवा परिषद्को सदस्यताका लागी दर्खास्त आव्हान

Byखवरबाटिका

२७ जेष्ठ २०८२, सोमबार ११:५० २७ जेष्ठ २०८२, सोमबार ११:५० २७ जेष्ठ २०८२, सोमबार ११:५०

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास युवा परिषदको सदस्यताका लागी दर्खास्त आव्हान गरेकाे छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुलाई समेटेर परिषद् गठन गर्न नगरपालिकाले सदस्यता आव्हान गरेकाे हाे ।

व्यास नगरपालिकाले विभिन्न पेसा, व्यवसाय, अध्ययन र अन्य क्षेत्रमा रहेका जोसिला र सामुदायिक भावना बोकेका नगरबासी युवाहरूलाई समेटेर समुह बनाउने तयारी गरेको छ ।

प्रतिस्पर्धात्मक रूपमा छनोट गरिने सो समूहमा ३० देखि ५० जना १६ देखी ३० वर्ष सम्म उमेरका युवाहरू रहने नगरपालिकाले जनाएको छ । नगरका सबै वडा, वर्ग, जातजाति, समूह, र समुदायको प्रतिनिधित्व रहने युवा परिषद्ले युवाका चुनौती र अवसरका बारेमा नगरपालिकासँग नजिक रहेर काम गर्नेछ ।

नगरप्रमुख, नगरका जनप्रतिनिधि र कर्मचारीसँग नजिक रहेर परिषद्का सदस्यहरूले नगरको प्राथमिकताका विषयहरू र कार्यक्रमहरूमा काम गर्नेछन्। नगरको युवा सल्लाहकार र दूतका रूपमा परिषद् सदस्यहरूले विभिन्न समूहमा रहेर साना सामुदायिक विकासका कार्यक्रम पनि गर्नेछन् ।

आवेदन फर्मको लिङ्क :

https://docs.google.com/forms/d/e/1FAIpQLSc_d6nyumrZgIWL3e97YDHqRiwHzcd_CWsPCXCvtzNi1VeZdg/viewform

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *