दमौली । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. २ कुवादी बस्ने दल बहादुर गुरुङको छोरा वर्ष ६ को उत्सव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
सोमबार साँझ अन्दाजी ७:३० बजेको समयमा आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा बालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारको लागि बन्दिपुर अस्पतालमा लागेकोमा उपचारको क्रममा ८:२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।