आँबुखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुकमा अनुदान

Byखवरबाटिका

२८ जेष्ठ २०८२, मंगलवार १०:०६ २८ जेष्ठ २०८२, मंगलवार १०:०६ २८ जेष्ठ २०८२, मंगलवार १०:०६

आँबखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन प्रवर्द्धन गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रम अन्तर्गत मास, मह र गुन्द्रुक उत्पादनमा संलग्न कृषकहरूलाई प्रति केजी २५ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सूचीकृत रहेका कृषक समूहहरूद्वारा उत्पादन गरी रिपोर्ट गरिएका परिमाणको आधारमा अनुदान रकम वितरण गरिएको हो।

उत्पादन र कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरी अनुदान वितरण गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार उक्त अनुदान कार्यक्रमले कृषकहरूमा उत्साह थपेको छ, उत्पादनमा वृद्धि भएको छ र बाँझो जमिनको उपयोग पनि हुन थालेको छ।

उनले थपे ‘आगामी वर्षहरूमा यसले गाउँको समग्र कृषि प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौ ।

उक्त कार्यक्रमबाट स्थानीय उत्पादनमा आत्मनिर्भरता, कृषकहरूको आयवृद्धि र गाउँको समग्र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष चुमानले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *