घिरिङको गड्यौलीटारमा करेन्ट लागि कुमालको मृत्यु

Byखवरबाटिका

२८ जेष्ठ २०८२, मंगलवार १८:०२ २८ जेष्ठ २०८२, मंगलवार १८:०२ २८ जेष्ठ २०८२, मंगलवार १८:०२

दमौली । तनहुँको घिरिङमा करेन्ट लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका वडा नं. ४ गड्यौलीटार बस्ने चित्र बहादुर कुमालको छोरी वर्ष १५ की निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

कुमालको आफ्नै घरदेखि ५ सय मिटर उत्तर तर्फ बारीमा रहेको पिपलको रुखमा घाँस काट्ने क्रममा सोमबार ६:३० बजेको समयमा अचानक मेन लाइनमा छुन गइ करेण्ट लागि घाइते भएकी थिइन् ।

कुमाललाई उपचारको लागि जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ लगेको र उपचारको क्रममा ८:१० बजेको समय मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *