लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा तीन पत्रकार पुरस्कृत

Byखवरबाटिका

७ असार २०८२, शनिबार १३:०१ ७ असार २०८२, शनिबार १३:०१ ७ असार २०८२, शनिबार १३:०१

दमौली । लायन्स क्लव अफ तनहुँ सत्यवतीले जिल्लाका तीन पत्रकारलाई पुरस्कृत गरेको छ । क्लवले शनिबार पद हस्तान्तरण कार्यक्रमको अवसर पारी तीन पत्रकारलाई नगद सहित पुरस्कृत गरेको हो ।

पत्रकारितामार्फत समाजमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष एवं मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य, नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव एवं खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने र मादीसेती प्रवाह दैनिकका कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्वगर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाललगायतले उनीहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *