भानुका महिलालाई दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम

Byखवरबाटिका

१३ असार २०८२, शुक्रबार १८:०४ १३ असार २०८२, शुक्रबार १८:०४ १३ असार २०८२, शुक्रबार १८:०४

भानु । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालन भएको दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम सम्पन्न भएको छ । गत वैशाख १२ गतेदेखि सुरु भएको तालिम असार ११ गतेसम्म सञ्चालन भएको थियो ।

तालिमले महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वावलम्बी बन्ने अवसर उपलब्ध गराएको भानु नगरपालिकाले जनाएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुखआनन्द राज त्रिपाठी, विशिष्ट अतिथि उपप्रमुख उमा गोतामे रहेका थिए भने कार्यक्रम अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गरेका थिए ।

नगरप्रमुख आनन्द राज त्रिपाठीले सामुदायिक सशक्तीकरणका लागि व्यावसायिक सीप विकास अनिवार्य रहेको र यस तालिमले सहभागीहरूलाई व्यवहारिक सीप प्रदान गरेको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिइने प्रमुख त्रिपाठीले बताए ।

सो अवसरमा उपप्रमुख उमा गोतामेले सीप नै आत्मनिर्भरताको मूल आधार रहेको र महिलाहरूले यस्ता तालिमबाट प्राप्त ज्ञानलाई आयआर्जनसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको कुरा बताईन । भानु नगरपालिकाले महिलाहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिईन ।

कार्यक्रममा वडा १ की अध्यक्ष कान्छि माया तामाङ, वडा ५ का अध्यक्ष नहकुल अधिकारी, प्रशासकीय अधिकृत कृपाहरि लौडारी लगाएतको सहभागीता रहेको थियो । उक्त तालिममा प्रशिक्षण विष्णु कुमार चौधरी र चन्द्रमाया तामाङले दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *