तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं.९ रानिपानी स्थित पाखो बारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
लम्जुङ मध्यनेपाल नगरपालिका वडा नं.२ टक्सार घर भएकी ३२ वर्षीय अप्सरा नेपाली मृत फेला परेकी हुन् ।
शौच गर्न जान्छु भन्दै हिँडेकी नेपाली लामो समयसम्म नआएपछि हेर्दा बेहोस भई लडेको देखिएकी थिइन् ।
उनलाई उठाएर माथि ल्याई हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।